गृहपृष्ठ हिमालयन बैंकले २ अर्ब ५० कराेडको ऋणपत्र जारी गर्ने
हिमालयन बैंकले २ अर्ब ५० कराेडको ऋणपत्र जारी गर्ने
हिमालयन बैंकले दुई अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । यसको लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ । उक्त सम्झौता पत्रमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक सम्शेर जबरा र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
हिमालयन बैंकले देशका ७ वटै प्रदेशमा ७४ वटा शाखामार्फत बैंकिङ सेवा प्रवाह गरिरहेकाे छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दति खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ ।
प्रकाशित समय : ००:४५ बजे


















