global ime bank Long Banner Ad

गृहपृष्ठ गठबन्धन राष्ट्रिय आवश्यकता : रामचन्द्र पौडेल

गठबन्धन राष्ट्रिय आवश्यकता : रामचन्द्र पौडेल

गठबन्धन राष्ट्रिय आवश्यकता : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन भावनालाई आत्मसात गर्दै क्रियाशील बन्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिद्वारा कांग्रेसका तर्फबाट नवनिर्वाचित प्रमुख तथा उपप्रमुखको सम्मानमा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले  जनताले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ पूरा गर्न आग्रह गरे ।

गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै नेता पौडेलले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासनका लागि गठबन्धन भएको स्पष्ट पारे ।  गठबन्धनका परिणाम सकारात्मक देखिएको जनाउँदै उनले आगामी प्रदेश तथा संघीय निर्वाचनसम्म नै गठबन्धनलाई अझै बलियो बनाएर लैजाने बताए ।

कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनतालाई केन्द्रमा राखेर नवनिर्वाचित जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिए । 

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रत्येक नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यकाललाई जनताले आशा एवं भरोसा गर्ने किसिमको बनाउनुपर्नेमा जोड दिए । आफ्ना पालिकामा अन्यका लागि पनि उदाहरणीय बन्ने गरी काम गर्न उनले नवनिर्वाचितलाई आग्रह गरे ।

कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र किरणबाबु श्रेष्ठ, कांग्रेस बागलुङका सभापति जित शेरचनलगायतले जनताले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ बहन गर्दै काम गर्नुपर्नेमा जोड दिए । 

उक्त अवसरमा सरकारका पूर्वमुख्य सचिव डा.सोमलाल सुवेदी र पूर्वसचिव बाबुराम आचार्यले नवनिर्वाचित जनप्रतिनिधिलाई आफ्ना कार्य अनुभवसहित गर्नसकिने कामलगायतका विषयमा प्रशिक्षण दिएका थिए । 

प्रकाशित समय : २२:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु