गृहपृष्ठ थप ५ जनामा कोरोना पुष्टि, १२८ जना सक्रिय संक्रमित
थप ५ जनामा कोरोना पुष्टि, १२८ जना सक्रिय संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार बुधबार ९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर १२८ जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ । गत २४ घन्टामा १ हजार ८८९ पीसीआर तथा ८२८ एन्टिजेन परीक्षण भएको थियाे ।
प्रकाशित समय : २२:५० बजे



















