गृहपृष्ठ अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा १८ बालबालिकासहित २१ जनाको मृत्यु
अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा १८ बालबालिकासहित २१ जनाको मृत्यु
अमेरिकाको टेक्सासमा मंगलबार एक १८ वर्षीय युवकले अन्धाधुन्ध गोली चलाउँदा २१ जनाको मृत्यु भएको छ । सान एन्टोनियोबाट करिब ८० माइल टाढा रहेको टेक्सासको रोबको इलिमेन्टरी विद्यालयमा आक्रमण भएको हो ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार आक्रमणमा मारिनेहरूमा १८ बालबालिका र तीन वयस्क छन् । राज्यका सिनेटर रोलान्ड गुटेरेजले स्थानीय प्रहरीले मृत्यु हुनेको संख्या २१ रहेको पुष्टि गरेको बताएका छन्।
संदिग्ध आक्रमणकारी १८ वर्षका युवा थिए । ती युवकको नाम साल्भाडोर रामोस हो । प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारीको मृत्यु भएको समाचारमा जनाइएको छ । आक्रमणमा परी मृत्यु हुनेमा अधिकांश दोस्रो, तेस्रो र चौंथो कक्षाका बालबालिका रहेका छन्, जसको उमेर ७ देखि १० वर्षसम्म रहेको बताइएको छ ।
आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले शोकव्यक्त जारी गर्दै भनेका छन्, ‘बालबालिका गुमाउनु भनेको तपाईंको मुटुको टुक्रा गुमाउनु जस्तै हो। यसले तपाईंको छातीमा खालीपन छोड्छ र चिजहरू फेरि कहिल्यै उस्तै हुने छैनन्।’
यसैबीच, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आक्रमणपछि नयाँ बन्दुक नीति ल्याउनु पर्ने बताएकी छन् ।
प्रकाशित समय : १४:०७ बजे



















