nmb bank

गृहपृष्ठ एनएमबी बैंक बन्यो काबेली जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता

एनएमबी बैंक बन्यो काबेली जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता

एनएमबी बैंक बन्यो काबेली जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता

एनएमबी बैंक लिमिटेडले २१.९३ मेगावाटको काबेली-३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । प्रदेश १ अन्तर्गत ताप्लेजुङमा रहेको सिरिजंघा गाउँपालिकामा निर्माण भइरहेको काबेली-३ जलविद्युत आयोजना काबेली हाइड्रोपावर कम्पनी प्रालिद्वारा प्रवर्द्धन गरिएको हो ।

आयोजनामा एनएमबी बैंक अगुवा बैंक रहेको छ भने सह-वित्तीयकरणमा सहभागी अन्य बैंकमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेड रहेको छ । सो आयोजनाको कुल अनुमानित लागत ४ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको छ । यसमध्ये बैंकहरुको ऋण लगानी ३ अर्ब २१ करोड ३० लाख रहनेछ । यो आयोजनासमेत एनएमबी बैंकले कुल ४३ वटा जलविद्युत आयोजनामा लगानी गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको Environmental and Social Mitigation Guidelines अनुसार एनएमबी बैंकले Environmental and Social Policy तयार पारी त्यसबमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (Environmental and Social Management System) लागू गरिसकेको छ । बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणालीअन्तर्गत प्रचलित अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मासात गर्दै जलविद्युतका आयोजनामा लगानी गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।

प्रकाशित समय : ००:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु