nmb bank

गृहपृष्ठ फेरि स्थगित भयाे सलमान खानको नेपाल टुर

फेरि स्थगित भयाे सलमान खानको नेपाल टुर

फेरि स्थगित भयाे सलमान खानको नेपाल टुर

बलिउड अभिनेता सलमान खानको नेपाल टुर कार्यक्रम ‘दबंग टुर रिलोडेड’ अन्तिम समयमा आएर स्थगित भएको छ । साे कार्यक्रम जेठ १४ गते दशरथ रंगशालामा हुने तय भएकाे थियाे ।

ओडीसी इन्टरटेन्मेन्टको आयोजनामा हुने भनिएकाे साे कार्यक्रममा सलमान, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका बलिउड कलाकारहरु नेपाल आउने बताइएकाे थियाे । सलमान कार्यक्रमको अघिल्लो दिन आएर मन्त्री आलेसँग माउन्टेन फ्लाइटमा जाने कार्यक्रम तय थियो ।

कार्यक्रम स्थगित गरिएकाे विषयमा आयोजक टिमले आधिकारिक जानकारी सार्वजनिक गरेकाे छैन । यसबारे भाेलि हुने आयोजक बाेर्डले आधिकारिक निर्णय गर्ने बताइएकाे छ । कार्यक्रम केही समयका लागि स्थगित हुने वा अब हुँदै नहुने भन्ने अन्योल छ ।

‘दबंग टुर रिलोडेड’ नेपालमा दोस्रो पटक रोकिएको हो । यसअघि पनि टिकट सबै बिक्री भइसकेपछि अन्तिम समयमा कार्यक्रम रोकिएको थियो । यसपटक पनि आयोजकले टिकट बिक्री सुरु गरिसकेको थियो ।

प्रकाशित समय : ०१:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु