global ime bank Long Banner Ad

गृहपृष्ठ महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवमा संस्कृतिविद जोशीलाई सम्मान

महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवमा संस्कृतिविद जोशीलाई सम्मान

महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवमा संस्कृतिविद जोशीलाई सम्मान

महालक्ष्मी विकास बैंक लिमिटेडको २८औँ वर्षमा प्रवेश गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले नेपाली संस्कृति, पुरातत्व र लोक संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धनमा अतुलनीय भूमिका निर्वाह गरेका संस्कृतिविद सत्यमोहन जोशीलाई सम्मान गरेको छ ।

ललितपुरको बखुम्बहालस्थित जोशीकै निवासमा आयोजित एक कार्यक्रमबीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले अभिन्नदन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले साहित्य, समाजशास्त्र तथा दर्शन विज्ञानतर्फ संस्कृतिविद जोशीको योगदान अविस्मरणीय रहँदै आएको कुरा बताए ।

२८औँ वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना १०३ वटा शाखामा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ । ‘एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ । यसै अवसरमा बैंकले महालक्ष्मी स्थानमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । आर्थिक सामाजिक विकासका लागि वातावरण प्रवर्द्धन, सहरी सौन्दर्य प्रवर्द्धन तथा प्रदुषण नियन्त्रणका लागि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत गरिएको यस कार्यक्रमले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

२८औँ वर्षमा प्रवेश सुखद अवसरमा बैंकले ग्राहक, सेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गरेको छ । यस २७ वर्षको अवधिमा प्राप्त सहयोगप्रति बैंक आभारी रहेको कुरा बैंकले जनाएको छ ।

प्रकाशित समय : १८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु