गृहपृष्ठ पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।
हालसम्म ८० हजार १५४ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ३२ हजार ४८० मत प्राप्त गरे । त्यसैगरी नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २९ हजार ४१ मत प्राप्त गरे ।
गठबन्धनका आचार्यले तीन हजार ४३९ मतान्तरसहित अग्रता हासिल गरेका छन् । त्यस्तै प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खरालले तीन हजार ५२० मत प्राप्त गरेका छन् छ भने अटेरी अभियानका तर्फबाट प्रमुख पदका उम्मेदवार गनेस पौडेलले दुई हजार २४९ मत प्राप्त गरे ।
उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ३३ हजार २२१ मतसहित अघि छन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ३२ हजार ९५९ मतसहित उनलाई पछ्याइरहेकी छन् । उपप्रमुख पदमा राप्रपाकी रञ्जना सेनले तीन हजार ४११ मत प्राप्त गरेकी छन् ।
प्रकाशित समय : १३:४९ बजे



















