global ime bank Long Banner Ad

गृहपृष्ठ हावाहुरीले पाेल ढाल्दा भरतपुरमा विद्युत अवरुद्ध

हावाहुरीले पाेल ढाल्दा भरतपुरमा विद्युत अवरुद्ध

हावाहुरीले पाेल ढाल्दा भरतपुरमा विद्युत अवरुद्ध

शुक्रबार साँझ अचानक आएकाे हावाहुरीले पाेल ढालेका कारण चितवनकाे सदरमुकाम भरतपुर क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।नेपाल विद्युत प्राधिकरण भरतपुर शाखाका इन्जिनियर राजेन्द्र पाैडेलले महानगरकाे चनाैली सबस्टेशनले दिने बाहेककाे क्षेत्रमा विजुली नभएकाे बताए ।

महानगरकाे पश्चिमी क्षेत्रमा खासै समस्या नभए पनि सदरमुकाम क्षेत्र र नारायणगढ बजार क्षेत्रमा हिजाे साँझदेखि नै विद्युत सेवा ठप्प भएकाे उनले जानकारी दिए । 'मर्मत सुरू भएकाे छ । ठाउँ ठाउँमा रूख ढलेर पाेल पल्टेका छन् । हामीलाई पूर्ण रूपमा सेवा चालू गर्न आज शनिबार दिनभर लाग्न सक्छ,' इन्जिनियर पाैडेलले भने ।

भरतपुरमा हिजाे साँझपख अचानक आएकाे ठूलाे हावाहुरीले रूख ढालेर एउटा अटाे रिक्सा र एउटा म्याजिक भ्यानलाई थिच्दा तीनजनाकाे निधन समेत भएकाे छ ।

प्रकाशित समय : १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु