शुक्रबारको कारोबारमा दोहोरो अंकले घट्याे नेप्से
वि.सं.२०७९ जेठ ६ शुक्रवार २१:५९
shares

आज पहिलो पटक शुक्रबार पनि सेयर काराेबार भएकाे छ । सरकारले शनिबार र आइतबार गरी हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेसँगै शुक्रबार पनि सेयर कारोबार हुन थालेको हाे ।
आज सेयर कारोबारमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा १५.८२ अंकको गिरावट आएर परिसूचक २२३५.०९ बिन्दुमा रोकिएको छ । २२३ कम्पनीको २५ लाख २४ हजार २६८ कित्ता सेयर ९३ करोड २२ लाख ६ हजार ८४ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको उपसूचक ६.५१, विकास बैंकको ३३.०२, वित्त कम्पनी १५.३५, जलविद्युत ९.४७, जीवन बिमा १२२.७७, माइक्रोफाइनान्स १४.२४, निर्जीबन बिमा समूहको उपसूचक १३९.४३ अंकले घटेको छ ।
























