गृहपृष्ठ प्रशिक्षक-खेलाडी विवाद : छानबिन समितिले बुझायाे प्रतिवेदन

प्रशिक्षक-खेलाडी विवाद : छानबिन समितिले बुझायाे प्रतिवेदन

प्रशिक्षक-खेलाडी विवाद : छानबिन समितिले बुझायाे प्रतिवेदन

फुटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई प्रतिवेदन बुझाएको हो ।

नेपाली सेनाका पूर्वउपरथी तथा पूर्व खेलाडी भिक्टर शमसेर राणाको संयोजकत्वमा गठित समितिमा पूर्वखेलाडी बिदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापा रहेका थिए । समितिले खेलाडी, प्रशिक्षक अलमुताइरी, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव तुलाधर, टिम व्यवस्थापक लगायतसँग सोधपुछ गरेको थियो ।

मुख्य प्रशिक्षक अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वैशाख १३ गते बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले क्याम्प छाडेका थिए । सुविधाको कुरा राख्दा प्रशिक्षक अलमुताइरीले पटक-पटक क्याम्प छाडेर जान भनेपछि आफूहरु बाध्य भएर प्रशिक्षण छाडेको खेलाडीहरूकाे भनाइ छ ।

प्रकाशित समय : २०:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु