काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

विजय जुलुसमा मिनी ट्रक दुर्घटना, २४ जना घाइते, ५ काे अवस्था गम्भीर

9.63K
shares

सिद्धार्थनगर-१०, शंकरपुरमा विजय जुलुसमा नेता तथा कार्यकर्ता सवार मिनी ट्रक दुर्घटना भएकाे छ । दुर्घटनामा परी २४ जना घाइते भएका छन् ।

मतगणना स्थलबाट एमालेको विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर-१० को शंकरपुरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएकाे छ । प्रहरीका अनुसार घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ को अवस्था गम्भीर छ ।

सिद्धार्थनगर-१० बाट एमालेका उम्मेदवार सुर्जमन यादव अहिर विजयी भएका छन् ।