गृहपृष्ठ स्मार्टच्वाइस टेक्नोलोजिज र सेलपेबीच स्मार्ट क्यूआर भुक्तानीसम्बन्धी सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र सेलपेबीच स्मार्ट क्यूआर भुक्तानीसम्बन्धी सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र सेलपेबीच स्मार्ट क्यूआर भुक्तानीसम्बन्धी सम्झौता

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा भुक्तानी सेवा प्रदायक सेलकम प्रालि (सेलपे)बीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।

हालै स्मार्टच्वाइस टेक्नोलोजिजको गैह्रीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच स्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र सेलपेका प्रमुख कार्यकारी अधिकृत सार्थक क्षेत्रीले सो सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार, सेलपे प्रयोगकर्ताले सेलपेमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्तानी गर्न सक्छन् भने सेलपेमार्फत विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्नेछन् । ईएमभी स्ट्यान्डर्डमा जारी गरी फाइनेन्सियल स्विचमार्फत कारोबारको भुक्तानी तथा फर्स्याेट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

२० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आइरहेको स्मार्टच्वाइस टेक्नोलोजिज र सेलपेबीच भएको यो सहकार्यले भुक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्न जाने आशा लिइएको कम्पनीले जनाएको छ । सन् २००१ मा स्थापित, एससीटी र एसीटी-नेटवर्क को रुपमा चिनिन्ने स्मार्ट च्वाइस टोक्नोलोजी लिमिटेड, नेपाल राष्ट्रिय बैंकअन्तर्गत लाइसेन्सप्राप्त भुक्तानी सेवा अपरेटर (पीएसओ) हो ।

एससीटीले नेपालका अधिकांश वाणिज्य बैंक, विकास बैंक, पीएसपी (पेमेन्ट सर्भिस प्रोभाइडर) र अन्य वित्तीय संस्थालाई विभिन्न कार्ड र भुक्तानी प्लेटफर्महरू उपलब्ध गराउँछ । एससीटीले आफ्ना सेवाहरू र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रोसेसर र योजनाहरू (युनियन पे इन्टरनेशनल, पल्स नेटवर्क, र एफएसएस आदि)सँग रणनीतिक गठबन्धनमा पनि प्रवेश गरेको छ ।

प्रकाशित समय : २०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु