काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

९ सय रुपैयाँले घट्यो सुनको मूल्य

7.59K
shares

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार ७०० मा कारोबार भएको सुनकाे मूल्य आज ९५ हजार ८०० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आजकाे लागि तेजाबी सुनको प्रतितोला मूल्य ९५ हजार ३०० कायम छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार २०० रुपैयाँ थियो । आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यकाे तुलनामा प्रतितोला १० रूपैयाँले घटेर एक हजार २५० रूपैयाँ कायम भएकाे महासंघले जनाएको छ ।