गृहपृष्ठ असारे विकासमा सरकारको ध्यान, २ खर्ब २२ अर्ब खर्च गर्न दौडधुप

असारे विकासमा सरकारको ध्यान, २ खर्ब २२ अर्ब खर्च गर्न दौडधुप

असारे विकासमा सरकारको ध्यान, २ खर्ब २२ अर्ब खर्च गर्न दौडधुप

चालु आर्थिक वर्ष २०७८/७९ को १० महिना (२०७८ साउनदेखि २०७९ वैशाख)मा ११८ अर्ब रुपैयाँ मात्र पूँजीगत खर्च भएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ मा सरकारले तीन खर्ब ७८ अर्ब नौ करोड रुपैयाँ छुट्याएको थियो । सरकारले बजेट संशोधन गर्दै पूँजीगत खर्चलाई तीन खर्ब ४० अर्ब ३२ करोडमा झारेको थियो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार १० महिनाको अवधिमा १ खर्ब १८ अर्ब २६ करोड रुपैयाँ मात्र पूँजीगत खर्च भएको छ । यो कुल लक्ष्यको मात्र ३१.२८ प्रतिशत हो । चालु आर्थिक वर्षका लागि छुट्याएको पूँजीगत खर्चमध्ये दुई खर्ब २२ अर्ब रुपैयाँ खर्च हुन बाँकी छ । पूँजीगत खर्चमाथि परेको चापका कारण चालु आर्थिक वर्षमा समेत असारे खर्च दोहोरिने निश्चित भएको हो ।

अब सरकारले दैनिक ३ अर्ब ६० करोड रुपैयाँ पूँजीगत खर्च गर्न सकेको अवस्थामा मात्र लक्ष्य भेट्टाउन सक्छ ।

नेपालमा विकास निर्माणको काम हुने मुख्य समय आर्थिक वर्षको तेस्रो चौमासिक मानिन्छ । अर्थात चैत, वैशाख, जेठ र असार महिनामा विकास निर्माणका काम अत्यधिक हुन्छ । यो वर्ष यसै समयमा निर्वाचन परेका कारण विकासले प्राथमिकता पाउन सकेको छैन ।

चालु आवको १० औं महिना पूरा भइसक्दा कुल बजेट खर्च भने ९ खर्ब भन्दा माथि पुगेको छ । विकास खर्च सुस्त भएपनि निर्वाचन र यससँग सम्बन्धित गतिविधिका कारण चालु खर्च भने उल्लेख्य भएको छ ।

वैशाख मसान्तसम्म ७ खर्ब १६ अर्ब ८९ करोड रुपैयाँ बराबर चालु खर्च भइसकेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

प्रकाशित समय : १७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु