गृहपृष्ठ हनुमाननगर कंकालिनीमा जनमत पार्टीका उम्मेदवार मेयरमा विजयी

हनुमाननगर कंकालिनीमा जनमत पार्टीका उम्मेदवार मेयरमा विजयी

हनुमाननगर कंकालिनीमा जनमत पार्टीका उम्मेदवार मेयरमा विजयी

हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीले मेयर पदमा विजय हासिल गरेको छ । सो पार्टीका उम्मेदवार वीरेन्द्र माझीले छ हजार ४०७ मतप्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी  पार्टी (जसपा)का शैलेशकुमार साहले छ हजार २४६ मत प्राप्त गरे ।

२०७४ सालको निर्वाचनमा तत्कालीन राजपाबाट नगर प्रमुखमा निर्वाचित हुँदा साहले पाँच हजार ७२० मत ल्याएका थियो भने निकटतम प्रतिद्वन्द्वी माझीले चार हजार ३६५ मत ल्याएका थिए । १४ वडामध्ये उपप्रमुखसहित सात वडामा भने जसपाले प्यानलसहित जित हासिल गरेको छ । उपप्रमुखमा सरिता सिपलिया यादव  छ हजार ५१२ मतका साथ पुन: निर्वाचित भएकी छन् । गत निर्वाचनमा समेत राजपाबाट पाँच हजार ४१७ मत ल्याएर सिपलिया उपप्रमुख बनेकी थिइन् । उनको निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका रेखादेवी मण्डलले पाँच हजार ९८२ मत प्राप्त गरिन् ।

वडाध्यक्षमा भने जसपा एक्लैले वडा नम्बर २, ३, ९, १०, १२, १३, १४ गरी सात वडामा विजयी भएको छ । नगर प्रमुख निर्वाचित जनमत पार्टीले वडा नम्बर १ र ४ मा मात्र जित हासिल गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले वडा नम्बर ५, ६, ७ र ११ तथा कांग्रेसले वडा नम्बर ८ को वडाध्यक्षमा जित हासिल गरेको छ ।

प्रकाशित समय : १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु