nmb bank

गृहपृष्ठ थप ७ जनामा कोरोना संक्रमण पुष्टि

थप ७ जनामा कोरोना संक्रमण पुष्टि

थप ७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने यस अवधिभित्र कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५४६ जनाको पीसीआर परीक्षणमा ६ जना र १ हजार २३९ जनाको एन्टिजेन परीक्षणमा १ जना गरी ७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका छन् भने हाल देशभर १३९ जना सक्रिय संक्रमित रहेका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार २१२ पुगेको छ । काेराेनाका कारण नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६६ हजार ९१३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित समय : ००:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु