nmb bank

गृहपृष्ठ एमालेको विजय जुलुसमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

एमालेको विजय जुलुसमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

एमालेको विजय जुलुसमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग गरिएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका-६ ग्यानीमा आज बिहान साढे ९ बजे हाइस माइक्रो बस दुर्घटना भएको हो ।

गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस सडकबाट ५ मिटर तल रोल खोलामा खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रतिक विष्टले बताए ।

चालकसमेत रहेका शैल्यशिखर नगरपालिका ६ का प्रकाश धामी र सोही ठाउँका सहचालक समेत रहेका नविन सिंह धामीको सनाखत भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्स्पेक्टर हिक्मत थापाले जानकारी दिए ।

उनका अनुसार अर्का एक जना मृतकको परिचय खुल्न सकेको छैन ।

प्रकाशित समय : १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु