nmb bank

गृहपृष्ठ काठमाडौंमा बालेनको दोब्बर मतले अग्रता

काठमाडौंमा बालेनको दोब्बर मतले अग्रता

काठमाडौंमा बालेनको दोब्बर मतले अग्रता

काठमाडौं महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बरको अग्रता बनाएका छन् । पछिल्लो  मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार साहले ६ हजार ४८६ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका केशव स्थापितले ३ हजार ४१३ मत र नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार ९ मत प्राप्त गरेकी छन् । एमालेको तर्फबाट उपप्रमुख पदको उम्मेदवार सुनिता डंगोलले पाँच हजार ८९६, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले एक हजार ६३२ मत प्राप्त गरेका छन् ।

निर्वाचन कार्यालयले गणना केन्द्र थप गर्ने तयारी गरेको पनि जनाएको छ । हाल राष्ट्रिय सभागृहबाट काठमाडौं महानगरको मत गणना भइरहेको छ । अहिले २, ३, ४, ५, ३१ र ३२ काे मतगणना कार्य भइरहेको छ । वडा नम्बर १ को मतपरिणाम आइतबार नै सार्वजनिक भइसकेको छ । मत परिणामअनुसार एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ अध्यक्ष पदमा विजय भएका छन् ।

केही समयभित्र वडा नम्बर २ को पनि मतपरिणाम सार्वजनिक गरिने काठमाडौं जिल्लाका निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए । काठमाडौंमा हालसम्म १४ हजार ७७८ मत गणना भएको जनाइएको छ ।

प्रकाशित समय : १५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु