global ime bank Long Banner Ad

गृहपृष्ठ ‘श्रम संसार‘ मा आबद्ध हुन मन्त्रालयको आग्रह

‘श्रम संसार‘ मा आबद्ध हुन मन्त्रालयको आग्रह

‘श्रम संसार‘ मा आबद्ध हुन मन्त्रालयको आग्रह

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई पूर्ण रूपमा प्रविधिमैत्री र डिजिटल बनाउने प्रक्रियालाई तीव्र पारेको छ। मन्त्रालय मातहत रहेका विभिन्न डिजिटल प्रणालीहरूलाई एकीकृत गर्दै अब ‘श्रम संसार’ मार्फत एकद्वार प्रणालीबाट सेवा सञ्चालन गर्ने तयारी भएको हो।

यसै सन्दर्भमा मन्त्रालयको सूचना प्रविधि तथा तथ्याङ्क शाखाले एक सूचना जारी गर्दै श्रम र रोजगारको क्षेत्रमा क्रियाशील सबै सरोकारवालाहरूलाई तत्काल यस प्रणालीमा आबद्ध हुन आह्वान गरेको छ। मन्त्रालयले निजी क्षेत्रका रोजगारदाता, रोजगार खोजिरहेका व्यक्तिहरू, जब एजेन्सीहरू तथा विभिन्न तालिम प्रदायक संस्थाहरूलाई अनिवार्य रूपमा ‘श्रम संसार’ मा दर्ता हुन निर्देशन दिएको हो।

यो प्रणाली कार्यान्वयनमा आएसँगै श्रम र रोजगारसँग सम्बन्धित सम्पूर्ण सूचनाहरू एकै ठाउँबाट प्राप्त हुनेछन्। विशेष गरी रोजगारीका विज्ञापनहरू र सीपमूलक तालिमका अवसरहरूलाई ‘श्रम संसार’ मार्फत नै सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

मन्त्रालयका शाखा अधिकृतले जारी गरेको सूचना अनुसार यो प्रणालीले रोजगारीका क्षेत्रमा हुने बिचौलियाको प्रभावलाई कम गर्दै वास्तविक अवसरहरूलाई सम्बन्धित व्यक्तिसम्म पुर्‍याउन पुलको काम गर्नेछ।

प्रकाशित समय : १५:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु