nmb bank

गृहपृष्ठ रौतहटमा स्थानीयले गरे महेन्द्र राजमार्ग अवरुद्ध

रौतहटमा स्थानीयले गरे महेन्द्र राजमार्ग अवरुद्ध

रौतहटमा स्थानीयले गरे महेन्द्र राजमार्ग अवरुद्ध

रौतहटको चन्द्रपुर १ स्थित वाग्मतीका स्थानीयले सोमबार बिहानबाट पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरुले सडकमै बसेर प्रहरीविरुद्ध नाराबाजी गरिरहेका छन् । अहिले त्यस क्षेत्रमा स्थिति तनावपूर्ण छ ।

नगरपालिकाको १ नम्बर वडाको अध्यक्षमा बलराम राउत विजय भएपछि पराजय भएका एकीकृत समाजवादीका बिरु रखालका भाइ विवेक रखाल लगायतले विजय जुलुसमा हिँडेकालाई कुटपिट गरेको स्थानीयको आरोप छ । घटनामा केही व्यक्ति घाइते छन् ।

शनिबार राती विजय जुलुस जाँदै गर्दा रखाललगायतका व्यक्तिले प्रहरी चौकीका सुरक्षाकर्मी कै अगाडि कुटपिट गरेको भन्दै स्थानीय दिनेश सहनीले इलाका प्रहरी कार्यालयमा निवेदन दिएका छन् । घटनामा संलग्नलाई पक्राउ गर्न माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।

प्रकाशित समय : १५:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु