nmb bank

गृहपृष्ठ विद्यालय रकम हिनामिना प्रकरण : ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

विद्यालय रकम हिनामिना प्रकरण : ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

विद्यालय रकम हिनामिना प्रकरण : ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूकुम पश्चिमकाे एक विद्यालयमा आर्थिक अनियमितता भएको आरोपमा चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार मुसिकोट नगरपालिका–१ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा कार्यरत तत्कालीन प्रधानाध्यापक हरिप्रसाद खनाल, लेखापाल ठकबहादुर बुढाथोकी, कार्यालय सहायक रमा शाह र गौरी रावत केसीले विद्यालयको रकम हिनामिना गरेको ठहर गर्दै आरोपपत्र दायर गरिएको हो ।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार १० लाख ७५ हजार ७५३ रुपैयाँ ९८ पैँसा बराबरको हिनामिना भएकाे छ । आर्थिक वर्ष २०७८/७९ मा प्रविधिमैत्री कक्षा निर्माण शीर्षकमा ७ लाखभन्दा बढी रकम हिनामिना भएको अनुसन्धानले देखाएको छ । आयाेगका अनुसार प्रविधिमैत्री कक्षाका लागि खरिद गरिएको भनिएका विभिन्न सामग्री विद्यालयमा पेश नगरी ४ लाख ८८ हजार ८ सय ११ रुपैयाँ र तालिम सञ्चालन नगरी झुट्टा बिलका आधारमा २ लाख २० हजार रुपैयाँ अपचलन गरिएको भेटिएकाे छ ।

यसैगरी, दुई आर्थिक वर्षमा विद्यार्थीबाट संकलित शुल्क बैंकमा दाखिला नगरी ५४ हजारभन्दा बढी रकम अपचलन गरिएको तथा बेरुजु फर्छ्यौटका नाममा समेत रकम दुरुपयोग गरिएको आयोगको दाबी छ। यी सबै शीर्षकमा , हानिनोक्सानी तथा दुरुपयोग भएको निष्कर्ष निकालिएको छ।

उक्त घटनामा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष खेमराज खड्का, नगरपालिकाका शाखा अधिकृत बिनाराम खड्का तथा सूचना प्रविधि अधिकृत गोपाल ओलीमाथि पनि भ्रष्टाचार निवारण ऐनअनुसार कसुर लागेको आयोगले जनाएको छ।

प्रकाशित समय : १७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु