गृहपृष्ठ राप्ती गाउँपालिका-९ मा माओवादीका मगर विजयी

राप्ती गाउँपालिका-९ मा माओवादीका मगर विजयी

राप्ती गाउँपालिका-९ मा माओवादीका मगर विजयी

स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ । राप्ती गाउँपालिका-९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएका छन् ।

७१४ मत खसेकामा उनले ३५८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत प्राप्त गरे । उनी यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित भएका थिए ।

राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका थिए ।

प्रकाशित समय : १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु