गृहपृष्ठ नेप्सेमा आज पनि दोहोरो अंकको वृद्धि
नेप्सेमा आज पनि दोहोरो अंकको वृद्धि
सेयरबजारमा आज पनि दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ५६.०६ अंकले र सेन्सिटिभ सूचक पनि ९.५२ अंकले बढेको हाे ।
नेप्से उक्त अंकले बढेर २३६९.०६ विन्दुमा पुगेको छ । बुधबार सेयरबजारमा २२९ कम्पनीको कारोबार भएकामा ५३ लाख कित्ता सेयर बिक्री भएका छन् । दिनभरिमा ३७ हजार ७७० पटकको खरिदबिक्रीमा २ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ । आज १३ वटै उपसूचक हरियो छन् ।
योसँगै १९२ वटा कम्पनीको सेयर बढ्दा २ वटाको घटेको र एउटाको उही मूल्यमा कायम छ । आज १३ वटा कम्पनीको सेयर १० प्रतिशत वा सोही हाराहारीले बढेको छ । आज नेशनल हाइड्रो, नेपाल फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, राधी विद्युत र युनिभर्सल पावरका लगानीकर्ताले सर्वाधिक कमाए । आज लगानीकर्ताले अधिकतम १.६३ प्रतिशतसम्म मात्र गुमाएका छन् । आज अरुणभ्याली हाइड्रोकाे सर्वाधिक १० करोडको काराेबार भएकाे छ ।
मंगलबार ४४.१६ अंकले बढेको सेयर बजारमा कारोबार भएका २२६ कम्पनीको ३३ लाख ३० हजार कित्ता सेयर एक अर्ब ३५ करोड रुपैयाँमा किनबेच भएकाे थियाे ।
प्रकाशित समय : २१:०९ बजे


















