काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अन्तिम एकदिवसीयमा नेपाल र जिम्बावे भिड्दै

20.33K
shares

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज सोमबार पाहुना टोली जिम्बावे 'ए' विरुद्ध अन्तिम एकदिवसीय खेल खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि  क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुनेछ ।

तीन खेलको सिरिज १-१ को स्थितिमा रहेको छ । आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै सिरिज जित्न चाहन्छ । जिम्बावे पनि जित निकाल्दै सिरिज जित्ने योजनामा रहेको छ । पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । तर दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हराएको थियो ।

'आइसीसी पुरुष क्रिकेट विश्वकप लिग टु'अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे 'ए' सँग सिरिज खेलिरहेको हो । दुई टाेलीले यसअघि टी-ट्वान्टी सिरिज पनि खेलेकाे थियाे । जुन १-१ को बराबरीमा सकिएको थियो ।