गृहपृष्ठ एसियन गेम्स स्थगित

एसियन गेम्स स्थगित

एसियन गेम्स स्थगित

चीनको ह्वान्झाओमा सेप्टेम्बर १० देखि २२ हुने तय भएको १९औं एसियन गेम्स कोभिड १९ महामारीका कारण २०२३ सम्मका लागि स्थगित भएको छ । ओलम्मिक काउन्सिल अफ एसिया (ओसीए)ले १९औं एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरेको हो ।

स्थगितकाे निर्णय गर्नुअघि ओसीएले चिनियाँ ओलिम्पक कमिटी (सीओसी) र ह्वान्झाओ एसियाली खेलकुद आयोजक कमिटी (एचएजीओसी)सँगको विस्तृत छलफल गरेकाे थियाे । प्रतियोगिताको नयाँ मिति ओसीए, सीओसी र एचएजीओसीबीचको छलफलबाट निकट भविष्यमा सार्वजनिक गरिने ओलम्पिक एसियाले जनाएकाे छ ।

विश्व व्यापी विभिन्न समस्याका बाबजुद पनि एचएजीओसी प्रतियोगिताको पूर्ण तयारीमा जुटेको थियो । तर, काेभिडको महामारीका कारण उत्पन्न परिस्थितमा १९ एसियन गेम्स स्थगित गर्ने निर्णय भएको हो ।

प्रकाशित समय : २०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु