काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपाल खेलकुद पत्रकार मञ्चमा देवेन्द्र निर्वाचित

7.11K
shares

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नेतृत्वमा दुर्गानाथ सुवेदी (देवेन्द्र)ले निरन्तरता पाएका छन् । बुधबार काठमाडौंमा भएको एनएसजेएफको १७ औं वार्षिक साधारण सभा तथा ईलेक्टोरल कंग्रेसबाट सुवेदी आगामी तीन वर्षको लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

सुवेदीले ५८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी प्रकाश तिमल्सिनाले ३३ मत पाए । यस्तै प्रथम उपाध्यक्षमा निरन्जन अधिकारी, उपाध्यक्षमा सन्जिव शिल्पकार र गोविन्द रेग्मी, महासचिवमा प्रज्वल ओली, सचिवमा अन्जन खड्का र कोषाध्यक्षमा सुजन श्रेष्ठ निर्विरोध निर्वाचित भए । खुला सदस्यमा अनिल मल्ल ठकुरी, कुशल तिमल्सिना र निशाल राई निर्वाचित भए भने महिला सदस्यमा मुना कार्की निर्वाचित भइन् ।

अनिलले ६८, निशानले ६५ र कुशलले ५३ मत प्राप्त गरे । सदस्यका अर्का प्रत्यासी सन्जिव शाहले २८ मत पाए । महिला सदस्यमा विजयी मुनाले ६२ मत प्राप्त गर्दा उनका प्रत्याशी लक्ष्मी जिसीले ३१ मत पाइन् । मञ्चका कुल सदस्य १०० जना रहेकामा नेपालमा उपलब्ध भएका ९८ सदस्य मध्येबाट ९४ मत खसेको थियो ।

निर्वाचित पदाधिकारीलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विकास कार्कीले प्रमाणपत्र प्रदान गरे । अध्यक्षमा निर्वाचित सुवेदीले अघिल्लो कार्यकालमा पूरा गर्न नसकेका काम अबको तीन वर्षको कार्यकालमा पूरा गर्नेगरी गर्ने प्रतिबद्धता व्यक्त गरे । यसका साथै उनले एनएसजेएफले नयाँ गति लिने बताए ।