nmb bank

गृहपृष्ठ अन्नपूर्ण केबलकारमा एसईई दिएका र नवविवाहितलाई विशेष अफर

अन्नपूर्ण केबलकारमा एसईई दिएका र नवविवाहितलाई विशेष अफर

अन्नपूर्ण केबलकारमा एसईई दिएका र नवविवाहितलाई विशेष अफर

भर्खरै एसईई दिई बसेका छात्र-छात्राहरुलाई अन्नपूर्ण केबलकारले केबलकार चढ्दा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ । आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मिहिनेती हातहरुलाई अझ मिहिनेती बन्न ऊर्जा प्रदान गर्दै केही समय भए पनि रमाइलो बनाउने उद्देश्यका साथ यो योजना ल्याएको कम्पनीले जनाएको छ ।

योजनामा सहभागी हुनका लागि विद्यार्थी छात्रछात्राहरुले यस वर्ष एसईई परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनुपर्नेछ । यो योजना वैशाख ३० सम्म लागू हुने केबुलकारले जनाएको छ ।

यसका साथै, नवविवाहित जोडीका लागि पनि अन्नपूर्ण केबुलकारले विशेष अफरको घोषणा गरेको छ । यसअन्तर्गत १ टिकटको खरिदमा अर्काे एक केबुलकार टिकट निःशुल्क प्रदान गर्नेछ । योजनामा सहभागी हुन नवविवाहित जोडीले आफू विवाहित भएको विवाह कार्ड अनिवार्य देखाउनुपर्नेछ । कम्पनीका अनुसार यो योजना असार मसान्तसम्म लागू हुने छ ।

प्रकाशित समय : २३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु