गृहपृष्ठ ३७ अंकले घट्यो नेप्से
३७ अंकले घट्यो नेप्से
बिहीबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ३७.०६ अंकले र सेन्सिटिभ सूचक ४.३४ अंकले घटेको हो ।
आज २ सय ३२ कम्पनीको ४६ लाख कित्ता सेयर बिक्री भएका छन् । दिनभरिमा ३४ हजार २ सय ६० पटकको खरिदबिक्रीपछि १ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको हो । योसँगै नेप्से २२३८.६२ विन्दुमा कायम भएको छ । आज सबै उपसूचकहरु राताम्य छन् । बिहीबार लगानीकर्ताले ७.१३ प्रतिशतसम्म गुमाएका छन् । आज कम्पनीहरुको ८ करोड ४५ लाख रुपैयाँसम्मको अधिकतम कारोबार भएको छ ।
सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.९३ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक २.६५ प्रतिशतले, निर्जीवन बीमा समूहको २.५८ प्रतिशतले, ट्रेडिङ समूह २.३९ प्रतिशतले, डेभलपमेन्ट बैंक २.२६ प्रतिशतले र होटल तथा पर्यटन समूह २.०१ प्रतिशतले घटेको छ ।
प्रकाशित समय : २१:३१ बजे