कांग्रेस नेताले प्रचण्डलाई भने- रेनुलाई जिताउँछौं, पहिलेजस्तो नढाँट्नुहोला
वि.सं.२०७९ वैशाख २२ बिहीवार २०:४४
shares

नेपाली काग्रेसका निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठले भरतपुरको मेयरमा रेनु दाहालसहित सिंगाे टिमलाई जिताउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भोलिबाटै २९ वटै वडामा गठबन्धन जिताउन आफूहरू चुनावी अभियानमा सरिक हुने बताए ।
बिहीबार भरतपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस नेता श्रेष्ठले आजको आमसभा काष्टिङ मात्रै भएकाे बताए । केपी ओलीको अकर्मण्डयताका कारणले गठबन्धन गर्नुपर्ने बाध्यता आइलागेको उनले तर्क गरे । श्रेष्ठले पार्टी सभापति शेरबहादुर देउवा सोझो भएकाले ढाँट्ने काम नगर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आग्रह गरे । उनले भने, ‘पाँच वर्षअघि जस्तो अर्को पल्ट नहोस् नढाँट्नुहोला, हाम्रो सभापति सोझो हुनुहुन्छ ।’
























