nmb bank

गृहपृष्ठ नेपाल र जिम्बावेबीच आज तेस्राे खेल

नेपाल र जिम्बावेबीच आज तेस्राे खेल

नेपाल र जिम्बावेबीच आज तेस्राे खेल

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज तेस्रो टी-ट्वान्टीअन्तर्गत पाहुना टोली जिम्बावे 'ए' विरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।

नेपाल आज जिम्बावेविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । आइतबार भएको पहिलो खेलमा जिम्बावेसँग नेपाल ६ विकेटले पराजित भएको थियो । जिम्बावे भने नेपालविरुद्ध दोस्रो जित निकाल्न चाहन्छ । नेपाल र जिम्बावेबीचको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

'आइसीसी पुरुष क्रिकेट विश्वकप लिग टु'अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे 'ए'सँग सिरिज खेलिरहेको हो ।

प्रकाशित समय : १६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु