काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आइजीपी नियुक्तिविरुद्ध परेको रिटमा आजबाट सुनुवाइ हुने

11.32K
shares

आइजीपी नियुक्तिमा सरकारले अन्याय गरेको भन्दै अदालत गएका एआईजी विश्वराज पोखरेलको रिट निवेदनमाथि आजबाट सुनुवाइ हुने भएको छ । सरकारले तेस्रो वरियतामा रहेका धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाएपछि पहिलो वरियतामा रहेका पोखरेलले अदालतमा रिट हालेका थिए ।

उनको तर्फबाट रिट लिएर कानुनी सहयोगी सुनिता रावत सर्वोच्चमा गएकी थिइन् । रिटमा वरिष्ठता मिचेर भएको बढुवा बदरको माग गरिएको छ । सोमबार दर्ता भएको रिटको सुनुवाइ बुधवार तोकिएको थियो ।

सिंहभन्दा पोखरेल १६ महिना अगाडि बढुवा भए पनि एक महिना अगाडि एआईजीमा बढुवा पाएका सिंहलाई सरकारले आइतबार आइजीपीमा नियुक्त गर्ने निर्णय गर्दै सोमबार दर्ज्यानी चिन्ह समेत लगाइसकेको छ ।