nmb bank

गृहपृष्ठ मुक्तिनाथ बैंकका ग्राहकलाई डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकमा विशेष छुट

मुक्तिनाथ बैंकका ग्राहकलाई डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकमा विशेष छुट

मुक्तिनाथ बैंकका ग्राहकलाई डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकमा विशेष छुट

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन बालाजुस्थित डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकसँग विभिन्न सेवामा विशेष छुटसम्बन्धी सम्झौता गरेको छ ।

सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले सो क्लिनिकमा विभिन्न सुविधामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकका एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ लगायतका सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएकाे छ ।

प्रकाशित समय : १८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु