global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ जिम्बावेविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

जिम्बावेविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

जिम्बावेविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

घरेलु टोली नेपालले भ्रमणकारी टोली जिम्बावे ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले पहिलो टी२० सिरिजअन्तर्गत केही बेरपछि जिम्बावेविरुद्ध खेल्न लागेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बावेका कप्तान टिनोटेन्डा मुटोम्बोड्जीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

यसअघि यी दुई टोलीबीच तीन एकदिवसीय सिरिज पहिले हुने तय थियो । तर, शनिबार बिहानदेखि निरन्तर वर्षा हुँदा ९:३० बाट सुरु हुने भनिएको खेल टससमेत नभइ स्थगित भएको थियो । त्यसपछि नेपाल क्रिकेट संघ (क्यान)ले तालिका परिमार्जन गर्दै टी२० सिरिज पहिला आयोजना गर्न लागेको हो ।

नेपालको सुरुआती -११

कुशल भुर्तेल, आशिफ शेख, रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, आदील अन्सारी, बसिर अहमद, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहरा ।

प्रकाशित समय : १८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु