global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नेपाल प्रहरीको २९औं महानिरीक्षकमा धिरजप्रताप सिंह

नेपाल प्रहरीको २९औं महानिरीक्षकमा धिरजप्रताप सिंह

नेपाल प्रहरीको २९औं महानिरीक्षकमा धिरजप्रताप सिंह

नेपाल प्रहरीको २९औं प्रहरी महानिरीक्षक (आइजीपी)मा धिरजप्रताप सिंहको बढुवा भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आइजीपी बनाउने निर्णय बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सिंह गत चैत ७ मा एआइजीमा बढुवा भएका थिए ।

सरकारले उनीभन्दा झण्डै डेढ वर्ष ज्येष्ठतालाई पन्छाएर सिंहलाई आइजीमा बढुवा गरेको हो । सिंहभन्दा डेढ वर्षअघि बढुवा भएका एआइजीद्वय विश्वराज पोखरेल र झण्डै एक वर्षअघि बढुवा भएका सहकुलबहादुर थापालाई पन्छाएर सरकारले सिंहलाई आइजीपी बनाएको हो ।

वर्तमान महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पूरा गरेर आइतबार मध्यरातबाट अवकाशमा जाँदैछन् । उनी २०७७ असार २३ मा प्रहरी महानिरीक्षक नियुक्त भएका थिए ।

प्रकाशित समय : १९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु