गृहपृष्ठ अविरल जनसाहित्य यात्रा’
अविरल जनसाहित्य यात्रा’
काठमाडौँ ।जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका सन्दर्भमा राष्ट्रिय जनसाहित्यिक सङ्घको ‘अविरल जनसाहित्य यात्रा–११०’ मा कवि होमशङ्कर बास्तोलाका एक दर्जन कविता प्रस्तुत भएका छन् ।
कवि बास्तोलाले ‘त्रिशूलीमा गिटी कुट्नेहरू’, ‘घाम’, ‘सालिक’ ‘नदेख अपूरा सपना’, ‘ओडारे माइलाका भोका सपनाहरू’ शीर्षकका गद्यकविता र एउटा गजल गरी छओटा अत्यन्त सुन्दर, सशक्त र रूपान्तरणका पक्षका कविता वाचन गर्े ।
उनका अन्य कविताहरु सहयोगी कविहरुले वाचन गर्नुभयो । कवि डा।नवराज रिजालले ‘विश्वास भत्केको वेलामा’ शीर्षकको, कवि गणेशकुमार मिश्रले ‘कैशाङ र तीनपाने’ शर्षिकको, कवि त्रिलोचन आचार्यले ‘के दोष थियो सिंहदरवारको १’ शीर्षकको, कवि विकल त्यागीले ‘गजल’, कवि बोधराज पौडेलले ‘तमसुक’ शीर्षकको र रोजु गौतमले ‘गजल’ त्यत्तिकै सुन्दर, सशक्त कविताहरू र गजल वाचन गरेका थिय ।
वाचित कवितामाथि टिप्पणी गर्दै समालोचक आरएम डङ्गोलले बास्तोला कवितामा गाउँ र सहरको तुलना गरिएको छ । हार्दिकतामा गाउँ अगाडि रहेको निष्कर्ष निकालिएको बताए ।
बास्तोलाका ‘आँसुका झरनाहरू’ कथासङ्ग्रह २०५८, ‘घाम हराएको दिन’ गजलसङ्ग्रह २०६१, ‘बन्दुकको छायाँ’ कथासङ्ग्रह २०६७, ‘हिमाल–पहाडका कथा’ सङ्कलित कथासङ्ग्रह २०७१, ‘भोका सपनाहरू’ कवितासङ्ग्रह २०७८ र ‘रगतको मूल्य’ कथासङ्ग्रह २०८२ जस्ता कृति प्रकाशित छन् ।
कार्यक्रममा कवि खेमराज निरौलाले मदन भण्डारीप्रति समर्पित कविता वाचन गर्े भने नमूना शर्माले मदन भण्डारीद्वारा लिखित गीत गाएको थिय ।
यसैगरी, प्रा डा हेमनाथ पौडेलले मदन भण्डारीप्रति समर्पित कविता वाचन गर्ेका थिय भने प्रा डा बद्रीविशाल पोखरेलले मदन भण्डारीको व्यक्तित्व र योगदानको चर्चा गर्े ।
प्रकाशित समय : १३:२२ बजे




















