काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

भाेजपुरकी युवती कैलालीको होटलमा मृत फेला

8.81K
shares

कैलालीको एक होटलमा एक युवती मृतावस्थामा फेला परेकी छन् । लम्कीचुहा नगरपालिका-३ स्थित धमला होटलमा ती युवती मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सई मदनराज उपाध्यायका अनुसार आज दिउँसो साढे १ बजे भोजपुर घर भएकी अन्दाजी २५ वर्षीया रोशनी राई मृत फेला परेकी हुन् । उनी धमला होटलको दोस्रो तलास्थित कोठा नम्बर २०९ मा मृत फेला परेको सई उपाध्यायले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।