गृहपृष्ठ एउटै वडाबाट कांग्रेसका ५७ क्रियाशील सदस्यको राजीनामा
एउटै वडाबाट कांग्रेसका ५७ क्रियाशील सदस्यको राजीनामा
टिकट वितरण प्रक्रियामा असन्तुष्टि जनाउँदै धनगढीको एउटै वडाका ५७ जना कांग्रेस क्रियाशील सदस्यहरूले राजीनामा दिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा पार्टीकै विरुद्ध बागी उम्मेदवारी दिएका बुद्धि खड्कालाई यसपटक वडाध्यक्षको टिकट दिएको भन्दै धनगढी-४ बाट कांग्रेसका ५७ जना क्रियाशील सदस्यले सामूहिक राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा २०७४ को निर्वाचनमा कांग्रेसबाट विजयी वडाध्यक्ष दीपकबहादुर थापा क्षेत्री, कांग्रेसका निवर्तमान वडा सभापति अनन्तराज जोशी, पूर्व सभापति छत्र बडैला, निवर्तमान कोषाध्यक्ष इन्दिरा जोशी लगायतका नेता रहेका छन् ।
बिहीबार पत्रकार सम्मलेनको आयोजना गर्दै कांग्रेसमा विधि र पद्धति अन्त्य भएको र इमानदार कार्यकर्ताको आवश्यकता नरहेको ठहर गर्दै सामूहिक राजीनामा दिएको निवर्तमान सभापति अनन्तराज जोशीले जानकारी दिए ।
प्रकाशित समय : १५:०९ बजे

















