global ime bank Long Banner Ad

गृहपृष्ठ ‘नो भोट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

‘नो भोट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

‘नो भोट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

कुनै पनि उम्मेदवारहरुलाई मत दिन्न भन्ने व्यवस्था (राइट टु रिजेक्ट) अर्थात ‘नो भोट’ कार्यान्वयन गरेको भन्दै सर्वोच्च अदालतमा अवहेलना निवेदन दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले विहीबार ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयनमा नआएको भन्दै सरोकारवालाविरुद्ध अवहेलनामा कारबाहीको माग गरेर मुद्दा दर्ता गराएका हुन् ।

जसमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, कानूनमन्त्री गोविन्द बन्दी र निर्वाचन आयोगका पदाधिकारीहरुलाई विपक्षी बनाइएकाे छ ।

सर्वोच्च अदालतले मतपत्रमा उम्मेदवारहरुलाई मत दिन्न भन्ने व्यवस्था पनि समावेश गर्नु भनी सरकारका नाममा आदेश जारी गरेको थियो । तर त्यो फैसला कार्यान्वयन नभएपछि निवेदन दर्ता गरिएको हो ।

प्रकाशित समय : १४:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु