nmb bank

गृहपृष्ठ पर्खालबाट हामफाल्दा आमाको मृत्यु, छोरा घाइते

पर्खालबाट हामफाल्दा आमाको मृत्यु, छोरा घाइते

पर्खालबाट हामफाल्दा आमाको मृत्यु, छोरा घाइते

मोरङ सुन्दर हरैचा नगरपालिका-९, विराटचोक घर भई हाल मध्यपुरथिमि नगरपालिका-५, कमेरोटारमा डेरा गरी बस्ने आमा-छोरा एकैसाथ ५० मिटर अग्लो पर्खालबाट हामफाल्दा आमाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन् ।

कमेरोटारस्थित डेरा कोठानजिकै रहेको कमेरोटारको पिपल चौतारोबाट हामफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिए । पर्खालबाट हामफाल्दा गम्भीर घाइते भएका मृतकका कान्छो छोरा ४९ वर्षीय मातुराम तिमिल्सिनाको मध्यपुर अस्पतालमा प्राथमिक उपचारपश्चात वीर अस्पतालमा उपचार भइरहेको डीएसपी पाण्डेले जानकारी दिए ।

उनका अनुसार घटनाबारे प्रारम्भिक अनुसन्धान गर्दा घटनामा संलग्न दुवै जना डिप्रेशनको बिरामी रही लामो समयदेखि औषधि सेवन गर्दै आइरहेको पाइएको र थप उपचार भइरहेको छ । घटनास्थलमा सुसाइट नोटसमेत भेटिएको छ ।

महानगरीय प्रहरी बृत्त थिमिका डीएसपी हरिनन्दन चौधरीले १९ वर्षदेखि डिप्रेसनको औषधि सेवन गर्दा भएको शारीरिक र मानसिक पीडा सहन नसकी मृत्यु रोजेको विषय लेखेको जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी रोखको उनले बताए ।

प्रकाशित समय : १९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु