nmb bank

गृहपृष्ठ महालक्ष्मी विकास बैंककाे राजापुर शाखा स्थानान्तरण

महालक्ष्मी विकास बैंककाे राजापुर शाखा स्थानान्तरण

महालक्ष्मी विकास बैंककाे राजापुर शाखा स्थानान्तरण

महालक्ष्मी विकास बैंकको राजापुर शाखा राजापुर नगरपालिका-४, मेन चोकमा स्थानान्तरण भएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी र बैंकका सञ्चालक दीपक रौनियारले गरे ।

शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिविधिहरूबारे प्रकाश पारे ।

शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरूमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायत वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरूलाई प्रदान गर्ने शाखाका प्रबन्धक कोमल विष्टले प्रतिवद्धता जनाए ।

प्रकाशित समय : १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु