nmb bank

गृहपृष्ठ के छ सिर्जना सिंहद्वारा सार्वजनिक ७ ‘स’को संकल्पभित्र ?

के छ सिर्जना सिंहद्वारा सार्वजनिक ७ ‘स’को संकल्पभित्र ?

के छ सिर्जना सिंहद्वारा सार्वजनिक ७ ‘स’को संकल्पभित्र ?

काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी सिर्जना सिंहले सात 'स'को संकल्प सार्वजनिक गरेकी छन् । बिहीबार प्रतिवद्धतापत्र सार्वजनिक गर्दै उनले नेपाल सरकारसँग समन्वय गरेर खाल्डाखुल्डी देख्न नपर्ने सहर बनाउने बताएकी छन् ।

उनको सात 'स'मा (१) सेवा र सुशासन, (२) स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, (३) स्वच्छ, सफा, दिगो पर्यावरण, (४) सुरक्षित सहर, (५) संस्कृति, सम्पदा र सभ्यता, (६) सवल र समुन्नत पूर्वाधार र (७) सवल युवा, स्वावलम्बी महिला सृजनशील महानगरवासी छन् । कार्यक्रममा उनले आफूलाई जिताउन आग्रह गरिन् । आफूलाई जिताएमा महानगरदेखि देशको शीर उच्च राख्ने उनको भनाइ छ । सिंहले काठमाडौंलाई खाल्डाखुल्डी देख्न नपर्ने सहर बनाउने बताइन् ।

प्रकाशित समय : २०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु