nmb bank

गृहपृष्ठ दोहोरो अंकले घट्यो नेप्से, काराेबार रकम कति ?

दोहोरो अंकले घट्यो नेप्से, काराेबार रकम कति ?

दोहोरो अंकले घट्यो नेप्से, काराेबार रकम कति ?

सेयर कारोबारको लागि अन्तिम दिन बिहीबार बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक २० अंकले घटेर परिसूचक २३५६.१७ बिन्दुमा रोकिएको छ । कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.३२ अंकले घटेर ४५०.२४ बिन्दुमा रोकिएको छ ।

२२६ कम्पनीको ४५ लाख ७४ हजार ५२० कित्ता सेयर १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८०८ रुपैयाँको कारोबार भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचका गिरावट आएको छ । बैंकिङ समूहको ६.३८, विकास बैंक ७५.४४, जलविद्युत २३.०४, वित्त ३०.१३, निर्जीबन बिमा ४१.३३, उत्पादन तथा प्रशोधन ७४.९९, माइक्रोफाइनान्स ३८.०८, जीवन बिमा समूहको उपसूचक १५०.७४ अंकले घटेको छ ।

बजारमा गिरावट आउँदा पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित समय : २२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु