global ime bank Long Banner Ad

गृहपृष्ठ युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

युद्वविरामको वावजुत दक्षिणी लेबनानका निभिन्न क्षेत्रहरूमा इजरायली हवाई आक्रमण जारी रहेको जनाइएको छ । आक्रमण खियाम, मेस अल जबल र बेइट लाइफ लगायतका सहरहरूलाई लक्षित गरी भएको जनाइएको छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीले खियाम सहरको अल जल्लाहिया क्षेत्रमा आगोको मुस्लो र चर्को आवाजमा इजरायली सेनाले विस्फोट गराएकोको जनाएको छ ।

इजरायली सेनाले बेइट लाइफ सहरमा इजरायलले आक्रमण गरी सहरका घरहरू नष्ट गरेको जनाइएको छ ।

लेबनानको विपद् जोखिम व्यवस्थापन विभागले आक्रमणका कारण दुई हजार ४५४ को मृत्यु हुनुका साथै सात हजार ६५८ जना घाइते भएको जनाएको छ । यसै गरी विभागले ३० हजार ८१५ परिवारका एक लाख १८ हजार ६२४ जना मानिसहरु आक्रमणका कारण विस्थापित भई आश्रयमा रहेको उल्लेख गरेको छ । रासस

प्रकाशित समय : १३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु