गृहपृष्ठ नेप्सेमा ५ अंककाे वृद्धि
नेप्सेमा ५ अंककाे वृद्धि
सेयर बजार ५.१७ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२८ कम्पनीको २८ लाख कित्ता सेयर बिक्री भएका छन् ।
आज १ अर्ब ८ करोड ९९ लाखको सेयर कारोबार भएको हो । १३ उपसमूहमध्ये आज लगानी, जीवन बिमा, अन्य उत्पादन, निर्जीवन बिमा, फाइनान्स, जलविद्युत्, विकास बैंक, पर्यटन समूहको सूचकमा हरियाली छाएकाे छ ।
आज पनि जाल्पा सामुदायिक लघुवित्तको १० प्रतिशतले सेयर बढ्नेबाहेक अन्य कम्पनीको खासै बढ्न सकेको छैन । आज गुमाउने लगानीकर्ताले ३.८८ प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन् ।
प्रकाशित समय : २१:५६ बजे