गृहपृष्ठ एनएमबी बैंककाे रेटिङमा स्तरोन्नति

एनएमबी बैंककाे रेटिङमा स्तरोन्नति

एनएमबी बैंककाे रेटिङमा स्तरोन्नति

इक्रा नेपाल लिमिटेडले एनएमबी बैंकको विगतको रेटिङलाई स्तर वृद्धि गरेको छ । रेटिङ संस्था इक्रा नेपालले इक्राएनपी-आइआर ए रेटिङ प्रदान गरेको हो ।

यो रेटिङ प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ । यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको हुन्छ । इक्रा नेपाल लिमिटेड भारतस्थित इक्रा लिमिटेड अफ इन्डियाको सहायक कम्पनीको रुपमा नेपालमा दर्ता भएको नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त नेपालको पहिलो रेटिङ एजेन्सी हो ।

मर्जर तथा प्राप्तिको सकारात्मक प्रभाव, सोपश्चात् बैंकको कर्जाको गुणस्तरमा भएको सुधार, बलियो शाखा सञ्जालको कारण देशव्यापी रुपमा बैंकका ग्राहकहरुको संख्यामा उल्लेख्य वृद्धि तथा सोबाट बैंकको बजार हिस्सामा भएको वृद्धि, पुँजीगत पर्याप्तता तथा तरलताको सहज व्यवस्थापनका कारण बैंकको कर्जा तथा तरलताको क्षेत्रमा देखिएको जोखिम व्यवस्थापन गर्नसक्ने क्षमता, कर्जामा भएको विविधता, साना तथा मझौला कर्जामा भएको वृद्धि, बैंकको सकारात्मक विगत, असल स्वामित्व तथा कुशल र अनुभवी व्यवस्थापन समेतका आधारमा इक्रा नेपालले बैंकलाई यस अघि प्रदान रेटिङमा स्तर वृद्धि गरेको बैंकले जनाएको छ ।

कोभिड १९ को असरको कारणले देशको समग्र आर्थिक अवस्थामा प्रभाव परिरहेको समयमा समेत बैंकको परिसूचकहरुमा देखिएको उल्लिखित सुधारहरुले गर्दा यो स्तर वृद्धि सम्भव भएको हो ।

प्रकाशित समय : २१:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु