nmb bank

गृहपृष्ठ सेयर बजारमा ३४ अंककाे गिरावट, २ अर्बको कारोबार

सेयर बजारमा ३४ अंककाे गिरावट, २ अर्बको कारोबार

सेयर बजारमा ३४ अंककाे गिरावट, २ अर्बको कारोबार

सेयरबजार परिसूचक नेप्से आज साेमबार ३४.९५ अंकले घटेको छ । 'क' वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ सूचक पनि ६.१९ अंकले घटेको छ । आज २ सय ३९ कम्पनीको सेयर कारोबार भएको नेप्सेले जनाएकाे छ ।

साेमबार ५० लाख कित्ता बढी बिक्री भएका छन् । आज २ अर्ब ४ कराेड २२ लाख रूपैयाँको काराेबार भएको हाे । आज होटल तथा पर्यटन र म्युचुअल फन्डबाहेक बाँकी समूहको सूचक राताम्य छन् । आज २७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ वटाको घटेको र ६ वटाको मूल्य उही छ ।

आज जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीले १० प्रतिशत कमाए। गुमाउने सेयरधनीले आज ५.३३ प्रतिशतसम्म गुमाएका छन् । आज सर्वाधिक कारोबार अरुणभ्याली हाइड्रोपावरको ८ करोड ११ लाख ९१ हजारको कारोबार भएको छ ।

प्रकाशित समय : २२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु