गृहपृष्ठ चार हिमाल सफा गर्न सेनाको टोली आधार शिविरमा

चार हिमाल सफा गर्न सेनाको टोली आधार शिविरमा

चार हिमाल सफा गर्न सेनाको टोली आधार शिविरमा

नेपाली सेनाले नेतृत्व गरेको ‘सफा हिमाल अभियान-२०२२’को टोलीहरु चार वटा हिमालका आधार शिविरमा पुगेका छन् ।

यस अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालको सफाइ गर्ने तयारी छ । सगरमाथा र ल्होत्सेमा खटिएको टोली १ वैशाख, कञ्चनजंघामा खटिएको टोली ८ वैशाख र मनास्लुमा खटिएको टोली ९ वैशाखमा आधार शिविर पुगेका नेपाली सेनाले जनाएको छ ।

‘बेश क्याम्प पुगे पश्चात उक्त टोलीले फोहोर संकलन गर्ने कार्य सुरु गरेका छन्’, जंगीअड्डा जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोटमा भनेको छ ।

हिमाल सफाई अभियान २२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित समय : १७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु