गृहपृष्ठ एनआईसीमा अनलाइन खाता खोल्ने ग्राहकलाई ५ हजारसम्मको विभिन्न मर्चेन्टमा आकर्षक छुट
एनआईसीमा अनलाइन खाता खोल्ने ग्राहकलाई ५ हजारसम्मको विभिन्न मर्चेन्टमा आकर्षक छुट
एनआइसी एशिया बैंकले अनलाइनमार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई-कमर्शबाट वस्तु तथा सेवाको खरिद गर्दा ५ हजार रुपैयाँसम्म छुट उपलब्ध हुने योजना ल्याएको छ । यस योजनाअन्तर्गत Daraz, Gyapu, Sastodeal, Bhojmandu, Food bite (Quikr), UG Bazar, Khaanpin जस्ता ई-कमर्शबाट विभिन्न सामग्री खरिद गर्दा एवं Taximandu, Yeti airlines, Sony LIV र Alt Balaji का अनलाइन प्लेटफर्ममार्फत विभिन्न सेवा लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा NIC ASIA MoBank मार्फत अनलाइन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
यसका लागि ग्राहकले यस बैंकको वेबसाइटबाट अनलाइन खाता खोली उक्त खाता पूर्ण रुपमा सुचारु भएपश्चात् बैंकले निज ग्राहकलाई एसएमएस वा इमेलमार्फत माथि उल्लेखित मर्चेन्टहरुद्वारा प्रदान गरिएको Promo code वा Discount link पठाउने व्यवस्था गरेको छ । बैंकले पठाएको Promo code वा Discount link प्रयोग गरी आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यो योजना २०७९ असार मसान्तसम्म लागू हुनेछ । अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्नका निमित्त आकर्षक छुट व्यवस्था गरेको हो ।
यो योजनाबाट लाभ लिनका लागि ग्राहकहरुले यस बैंकको वेबसाइट www.nicasiabank.com मार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी सहज रुपमा अनलाइन खाता खोल्ने व्यवस्था गरेको छ । यसरी अनलाइन खाता खोलेपश्चात् ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको शाखा कार्यालयमा गई KYC form भरी आफ्नो अनलाइन खाता पूर्ण रुपमा सुचारु गर्नुपर्नेछ ।
हाल अनलाइन खाता खोल्ने प्रक्रिया चुनौतीपूर्ण रहेको अवस्थामा बैंकले अनलाइन खाता खोल्न थप सहज होस् भन्ने उद्देश्यले ग्राहकलाई Missed call बाट नै सहज रुपमा खाता खोल्ने योजना ल्याएको छ । जसअनुरुप ग्राहकले ९८०१२२७७५५ मा Missed call दिएपश्चात् निजले बैंकबाट अनलाइन खाता खोल्ने लिंक सहितको एसएमएस प्राप्त गर्नेछन् र बैंक प्रतिनिधिले समेत निजलाई सम्पर्क गरी अनलाइन खाता खोल्ने प्रक्रियाबारे विस्तृत रुपमा सहयोग प्रदान गर्ने व्यवस्था रहेको छ ।
प्रकाशित समय : २१:४५ बजे



















