काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सेयर बजारमा झन्डै १०० अंकको वृद्धि

18.71K
shares

साताको पहिलो दिन सेयरबजार उच्च अंकले उकालो लागेको छ । निरन्तर ओरालो लागिरहेको सेयर बजार धेरै दिनपछि आज उच्च अंकले  उकालो लागेको हो । कारोबारको पहिलो  दिन आज सेयर बजार ४.११ प्रतिशतले उकालो लागेको हो । आज सेयर बजार परिसूचक नेप्से  करिब १०० अंकले उकालो लागेकाे हो ।

आज नेप्से उत्साहजनक तरिकाले उकालो लागेसँगै कारोबार रकम पनि पढ्को छ । १ अर्बको वरिपरिमा कारोबार भइरहेको सेयरबजारको कारोबार रकम आज २५३.१३ करोड बराबरको कारोबार भएको छ । आज नेप्सेमा भएका विभिन्न २३८ कम्पनीका सेयर कारोबार भएको छ । आज ११ करोड ७६ लाख सेयर खरिद बिक्री भएका छन् । आज कारोबारमा आएका विभिन्न ४ ओटा कम्पनीको मूल्य भने ओरालो लागेको छ ।

नेप्से बढेसँगै आज सेयर बजार अन्य १३ वटै उपसमूहका सूचकहरु पनि उकालो लागेका छन् । आज वित्तीय सूचक उपसमूह ८.६० प्रतिशतले, जलविद्युत ७.३२, विकास बैंक ६.५७, लगानीको ५.६६ निर्जीवन बिमा तथा अन्य ४ प्रतिशतले उकालो लागेका छन् ।